पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८२२ सहित देशभर थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना संक्रमित थपिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १२३६ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख १० हजार ६७१ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।