पछिल्लो २४ घण्टामा देशभर थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १४३७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ९ हजार ४३५ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १४१२ पुगेको छ ।