आज बिहान चितवनको ईच्छाकामना गाउँपालिका ४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा पिकअप भ्यान दुर्घटना बेपत्ता भएका ३ जना मध्ये २ जनाको शव भेटिएको छ ।
प्युठानबाट बिरामी लिएर काठमाण्डौतर्फ गईरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट ५०-६० मिटर तल त्रिशुली नदीमा खस्दा भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ ।
सो दुर्घटनामा चालकसहित २ पुरुष २ महिला गरी ४ जना सवार रहेको बताइएको छ । १ जना पुरुष पौडी खेलेर नदीबाट बाहिर निस्किएको र निजको मेडिकल कलेजमा उपचार भइरहेको छ ।
-तस्वीरः ईश्वर जोशी








