पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १२२९ सहित देशभर थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख १५ हजार २० पुगेको छ ।
उपत्यकाको काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो चौबीस घण्टामा २८५८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार २ सय ५६ पुगेको छ ।








