पछिल्लो २४ घण्टामा उपत्यकामा १०३८ सहित देशभर थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

उपत्यकाका काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण भेटिएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा ३५३८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या १ लाख ८२ हजार ७८० जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२५९ पुगेको छ ।