सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव डेढ घण्टा बसेको बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

अर्को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको नयाँ प्रस्ताव तयार गरेर बैठकमा प्रस्तुत गर्ने निर्णय भएको र सचिवालय बैठकको विषयबारे थप छलफल र अनुमोदन गर्न १८ गते विहिबार स्थायी कमिटी बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि सार्ने निर्णय गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।