पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८३५ सहित देशभर थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।
उपत्यकाको काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २५०३ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।








