पछिल्लो २४ घण्टामा देशभर थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३५३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।