पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १२६१ सहित देशभर थप २५६९ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।
उपत्यकाको काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।








