दाङको देउखुरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका– ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार राति भएको दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।








