पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १५१२ सहित देशभर थप २७५३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ ।