पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १३३८ सहित देशभर थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५०० जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ ।