पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा१३९८ सहित देशभर थप ३०५१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
उपत्यकाको काठमाडौंमा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३० जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।








