भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । भारतीय वायु सेनाको विमानमार्फत केहिबेर अघिमात्र काठमाडौं आइपुगेका छन ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे नेपालको भ्रमणका आएका हुन ।
यहाँ रहँदा नेपाली सेना र भारतीय सेनाबीच एक९अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनले नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नेछन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई भोलि अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन ।
भोलि नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्षसँग औपचारिक भेटवार्ता गर्नेछन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ ।
नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।








