पूर्व सभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महाराकी धर्मपत्नी सीता महराको कोरोना संक्रमणबाट बुधबार बिहान निधन भएको छ । शुक्रबारदेखि थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत उनको आज बिहान ६ः३० बजे उपचारकै क्रममा निधन भएको हो ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र सास फेर्न समस्या भएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ पनि देखिएपछि शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान निधन भएको अस्पतालले पुष्टि गरेको छ । महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन ।