पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४६८ सहित देशभर थप ३११४ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१४२ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

पयस्तै पछिल्लो २४ घण्टामा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १००४ पुगेको छ ।