तारा चापागाई /पोखराका प्रतिष्ठित व्यापारी तथा प्रतिनिधिसभा सदस्यसूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ । उहाँको राति आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँ लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी हुनुहुन्थियो । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उहाँ तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।
केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च हुनुहुन्थियो । केसी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बन्नु भएको थियो ।
रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उहाँको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी छ ।








