पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १६३० सहित देशभर थप २९३३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१५० जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३७९९२ पुगेको छ ।

पयस्तै पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।