शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेलको स्वाव परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिएका छन ।

मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी अस्पतालमै रहेको स्वकीय सचिव केसीले बताए ।

शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।