संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ भएको छ ।

शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा पोजेटिभ आएको हो ।

भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिनुभएको छ ।