पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १५९९ सहित देशभर थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका १३७३, भक्तपुरका ४९ र ललितपुरका १८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १३२९ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ६४ हजार ६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।















