नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेब गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको सुनुवाइमा सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ र अर्को सुनुवाइ शुक्रबार हुने भएको छ ।
आजको सुनुवाइमा महान्यायाधिवक्ता र निवेदकका तर्फबाट वहस भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देबेन्द्र ढकालले बताए ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा., तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ तथा इश्वरप्रसाद खतिवडा रहेका छन ।








