सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारी नरोकिए पनि जीवन र जिविकालाई चलाउन सबै क्षेत्र खुला गरिएको बताएका छन । नेपालमा संक्रमण बढी नै रहेको भएपनि बाध्यताले लकडाउन खुकुलो पार्नुपरेको मन्त्री ज्ञवालीले बताए ।

मन्त्रीपरिषदको पछिल्ला २ वटा बैठकका निर्णयहरु जानकारी दिने क्रममा प्रवक्ता ज्ञवाली कोरोना संक्रमण नियन्त्रणको अझै पूर्वानुमान गर्न नसकिएको भन्दै जोखिम कम भएर नभई बाध्यताले सबै क्षेत्र खुला गर्र्नुपरेको बताएका हुन । उनले चाडवाडको समय पनि आएकाले स्वास्थ्य सतर्कता थप अपनाउन सबैलाई आग्रह पनि गरे ।

पछिल्ला २ वटा बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले अब ७ वटै प्रदेशमा कृषि केन्द्र स्थापना गर्न नेपाल सरकार र इजरायल सरकारबीच ःइग् गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । उनले सो सहकार्यले उच्च प्रविधि प्रयोग गरेर कृषिमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी शसस्त्र प्रहरीका गोताखोरका लागि दैनिक ३ सयका दरका दरले भत्ता र १० लाखको विमा गर्ने र सरकारले एशियाली विकास बैंकबाट करिव १८ अर्व नेपाली रुपयाँ वरावरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको पनि निर्णय पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।