ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन ।
स्वास्थ्यमा समस्या आएपछि बिहिबार मेयर महर्जन पाटन अस्पतालमा परीक्षणका लागि गएकोमा आज शुक्रबार आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको महर्जनले बताए ।
मेयर महर्जजन अहिले होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता महर्जनले बताए ।








