काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था भोलिबाट हटाइएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।
तर बढी भिडभाड हुने व्यायार व्यवसाय तथा गतिविधिमा लगाइएको प्रतिवन्ध भने कायमै छ ।
यस्तै सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखिएको छ ।










