काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय लगातार संक्रमितहरु बढदै गएको उपत्यकाको काठमाडौका ६५२, भक्तपुरका २५ र ललितपुरका ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौकी ७१ र ७५ वर्षिया २ बृद्धासहित देशभर ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।