पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ५९७ सहित देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ११७३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ३८ हजार ६९७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।








