कोरोना भाइरस (कोभिड-१९) को संक्रमण थप फैलिन नदिन भारतले लकडाउनको समयावधि ३ साता थप गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा आज मंगलबार सम्वोधन गर्दै लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म जारी रहने घोषणा गरेका हुन् ।

यसअघि भारतले घोषणा गरेको लकडाउन बुधबार १५ अप्रिलमा समाप्त हुदै थियो । प्रधानमन्त्री मोदीले कोरोना संक्रमणलाई थप फैलन नदिन र यसबाट हुनसक्ने क्षतिलाई कम गर्न सबैको सुझाव अनुसार लकडाउन ३ मार्चसम्म बढाउने निर्णयमा पुगेको बताएका हुन् ।

स्थितीमा सुधार आए केहि क्षेत्रमा बैशमख ८ पछि लकडाउलाई शर्तसहित केही छुट दिइने बताउदै प्रम मोदीले अवस्था विग्रिीएमा ती अनुमती पुनः फिर्ता लिइने पनि बताए ।

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

नेपालमा पनि लम्व्याउने तयारी

नेपाल सरकारले कोरोना संक्रमण फैलन नदिन जारी राखेको लकडाउन थप लम्ब्याउने तयारी थालेको छ । जसका लागि आज मंगलबार अपरान्ह मन्त्रीपरिषद बैठक बस्दै छ ।

यस अघि तेस्रो पटक थपिएको लकडाउनको समयावधी बुत्रबार बैशाख ३ मा सकिदै छ । आज बस्ने मन्त्रीपरिषद बैठकले थप १ सातादेखि १० दिनसम्म लकडाउन लम्ब्याउने र निर्णय गर्नसक्ने र त्यसपछि आवश्यक्ता अनुसार चरणवद्ध थप्न सक्ने बुझिएको छ ।

यस अघि सरकारले पहिलो पटक चैत ११ बाट १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेकोमा त्यसलाई थप गरेर चैत्र २५ गतेसम्म लक्ब्याएको थियो । तर, यो अवधिमा थप कोरोना संक्रमित भेटिएपछि सरकारले पुन बैशाख ३ सम्म लकडाउन जारी राखेको थियो ।

नेपालमा हालसम्म १४ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।