साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष, साहित्यकार राजकुमार राईद्वारा लिखित उपन्यास किवाहाङको आज एक भव्य समारोहकाबीच बिमोचन गरीएको छ ।

राजनीतिक बिश्लेषक सुरेन्द्र केसीसहित बिभिन्न साहित्यकारहरुले आज काठमाडौमा संयुक्त रुपमा उपन्यास किवाहाङको बिमोचन गरेका हुन । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसनको आयोजनामा भएको पुस्तक बिमोचन कार्यक्रममा प्रमुख समिक्षक डा। केसीले उपन्यासको चिरफार गरे ।

डा।केसीले लेखक राईको किवाहाङ अन्य उपन्यास भन्दा पृथक रहेको भन्दै कृति धेरै मेहनत गरेर लेखिएको बताए । किवाहाङको अर्थ हुन्छ किवा भनेको बाघ र हाङको अर्थ हुन्छ राजा । यसले बाघको पनि राजा भन्ने अर्थ राख्छ । उपन्यास मलेसियाबाट सुरु भएको डा।केसीले बताए । उपन्यासमा सिंगापुरको कथा पनि समेटीएको छ । संखुवासभा, भोजपुरको उकालो, दिङ्ला, तुम्लिङटार, हिले बजार, धनकुटा अनि त्यहाको ओरालो, धरान, फुस्रेबजार, घोपाक्याम्प त्यसैको सेरोफेरोमा उपन्यास घुमेको छ ।

केसीले बिदेश भोगाईका अनेक पाटालाई जोडदार रुपमा जोड्दै सिङ्गो उपन्यास तयार भएको बताए । सुरुदेखि अन्तसम्म एकनासले साहित्यीक रुपमा बगेको उपन्यास पटकौ पटक पढौ पढौ लाग्ने खालको रहेको केसीले सुनाए । मले युद्ध र गोर्खा शैनिकले भोग्नु परेका समस्या तथा विश्वयुद्धले पारेको असरको बारेमा पनि लेखकले उपन्यासमा उजागर गरेको डा।केसीले बताए ।

गोर्खालीहरुलाई युद्धको घाउले अहिले पनि चहराई रहेको कुरा उपन्यासमा उल्लेख छ । बिभिन्न धर्मको उल्लेख गर्दे कुनै पनि धर्मले युद्ध, हत्या, हिंसालाई प्रसय नदिएको भन्दै किन युद्धले यस्तो चोट दिएको भन्ने कुरा उपन्यासमा उल्लेख छ । उन उपन्यास पढ्न योग्य रहेको भन्दै खोजेर पढ्न पनि आग्रह गरे । किवाहाङ काल्पनिक नाम दिएर लेखिएको उपन्यासले व्यक्ति र समाज रुपान्तरणमा सोच बदल्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

साहित्यकार राजकुमार राईद्वारा लिखित उपन्यास ‘किवाहाङ’ बजारमा

लामो समय हङकङको सुख सयलको जीवनमा रुमलिएका लेखक राईले आफूलाई सानै उमेरदखि साहित्यमा रुचि रहेको बताउदै त्यो बेला दुई तोला सुन बेचेर पुस्तकहरु किनेर पढेको स्मरण गरे । साहित्यप्रतिको त्यही रुचिले अहिले उनलाई लेखक तथा साहित्यकार बनायो । यसको अलवा उनी समाजसेवा र पुस्तकालय अभियानमासमेत जोडिएका छन ।

सानै उमेरदेखि बाहिरी पुस्तक पढ्न रुचाउने लेखक राई आफ्नी आमाले भन्दै आएका युद्धका कथा,लोक कथाहरुबाट प्रभावित भएर साहित्यतिर झुकाव राख्दै आएका हुन् । हङकङमा बसेर पनि नेपाली साहित्यलाई मायाँ गर्दे आएका राईले नियमित रुपमा साहित्य प्रकाशन र हङकङमा पनि साहित्यीक कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । साहित्य भने पछि हुरुक्कै हुने उनको स्वभावका कारण आज उनले नेपाली साहित्यलाई बिदेशी भूमिमा रहेर पनि मलजल गरीरहेका छन ।

उनले अहिले पनि नेपालका दुर दराजमा झण्डै २१ भन्दा बढी ठाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पाठ्यक्रममा आधारित पुस्तकालय पु¥याई सकेका छन् ।

उपन्यास बिमोचन कार्यक्रममा साहित्यकार मायाँ ठकुरी, गितकार दिनेश अधिकारी, किशोर पहाडी, बुलु मुकारुङ लगायतका श्रष्टाहरुको जमघट थियो ।

सो अबसरमा पुस्तकालय अभियानमा सहयोग पु¥याउने साहित्यप्रेमीहरुलाई सम्मानित समेत गरिएको थियो । लेखक राईले पुस्तकालय अभियानलाई अझै व्यवस्थित गर्दे दुर दराजसम्म पु¥याउने प्रण गरे । यसका साथै हङकङ फिरेपछि नयाँ उपन्यासको सृजना गर्ने विश्वास दिलाए ।