काठमाडौं / साहित्यिक पत्रकार संघ (Literary Journslist Association) आज २०७९ भदौ २८ थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका) को कविताकृति परदेशी मनूको परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना गरिएको सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथिको आसनग्रहणको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मोहन सिटौलाले नेपाली कवितामा डासपोराको योगदानको चर्चा गर्दै कवि डन कार्कीको काव्य यात्राको चर्चा गर्नु भयो ।
यसैगरी कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संघको स्वर्ण महोत्सवबारे प्रकाश पार्दै परदेशी मनू र कवि डन कार्कीबारे मन्तव्य राख्नु भयो ।
यस्तै डा. शान्ति गिरीले परदेशी मनू कविता कृतिको समीक्षात्मक मन्तव्य राख्नु भयो । वरिष्ठ समालोचक एवं सस्कृतिविद डा.रामदयाल राकेश, वरिष्ठ निबन्धकार युवराज नयाँघरे, गुन्जनकी निवर्तमान अध्यक्ष हिरणकुमारी पाठक, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले पनि आ-आफ्नो मन्तव्य राख्नुभयो ।









