पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ रामकोट बन्दिपुर साहित्य यात्रा २०७५ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवसले साहित्य संसारको सबैभन्दा उत्कृष्ट बस्तु भएकाले साहित्यले जीवन र जगतमा प्राण भर्ने कुरा बताउनुभएको छ ।

साहित्यले संसारका हरेक कुरामा सकारात्मक रक्तसञ्चार गराउने भन्दै रामकोटबासीलाई साहित्य जस्तै जीवन बाच्न र स्थानीय मौलिकतालाई जोगाईराख्न पनि वहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि युवराज नयाँघरेले समग्र समाजको उत्थान र चेतनाको प्रबाहिकरणमा साहित्यले खेलेको र खेल्नसक्ने भूमिकालाई आत्मसात् गरेर साहित्य लेखनमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नयाँघरेले उपलब्धिमूलक कार्यक्रम आयोजना गरि साहित्य र पर्यटनमा उल्लेख्य भूमिका खेलेको भन्दै आयोजक संस्थाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

‘रामकोट-बन्दिपुर साहित्य यात्रा’ २०७५ सम्पन्न

बन्दिपुर गाउपालिकाको अध्यक्ष पूर्णसिंह थापाले यस्तो खालको कार्यक्रममा प्रायोजक संस्था बन्ने सौभाग्य प्राप्त भएकोमा खुसि ब्यक्त गर्दै रामकोटलाई पर्यटकिय गन्तव्यको रूपमा बिकसित गर्न सदैब क्रियाशील रहने बताउनुभयो ।

रामकोट होमस्टका अध्यक्ष बिहिसारा आलेले रामकोटमा ब्यबस्थित र मौलिक पहिचासहितको होमस्टेको बिकासमा आफू सदैब लागिरहने बताउनुभयो ।

कार्यक्रममा त्रिशुलि बाङ्मय प्रतिष्ठानका उपाध्यक्ष आर एम डंगोलले प्रतिष्ठानले गर्दै आएको कार्य र पर्यटन क्षेत्रमा खेल्दै आएको भूमिकाको बारेमा बताउनुभएको थियो भने त्रिभुवन बिश्वबिद्धालयका प्राध्यापक रामराज लोहनिले भाषा, संस्कृति र साहित्यका बिषयमा गरिनुपर्ने अध्ययन, अनुसन्धानको बिषयमा प्रष्ट पार्नुभएको थियो ।

उपस्थित सबैलाई स्वागत मन्तब्य राख्ने क्रममा होटल बन्दिपुर अर्गानिक होमका सञ्चालक आशुतोष प्रधानले रामकोटको बारेमा बताउदै रामकोटमा होमस्टेको थालनि, बिकास र आबश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो ।

‘रामकोट-बन्दिपुर साहित्य यात्रा’ २०७५ सम्पन्न

त्रिशूली बाङ्मय प्रतिष्ठान र रामकोट सामुदायिक होमस्टेको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रमुख प्रायोजन र बन्दिपुर गाउपालिकाको प्रायोजनमा सम्पन्न उक्त दुईदिने साहित्य यात्राको संयोजन त्रिशूली बाङ्मय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डंगोलले गर्नुभएको थियो ।

कार्यक्रममा कवि, गजलकार, नियात्राकार, चित्रकार, कथाकार, कलाकार,पत्रकार गरि ३२ जनाको सहभागीता रहेको थियो भने स्थानिय स्तरका साहित्यक संस्था र साहित्यकारहरूको उल्लेख सहभागिता रहेको थियो ।

त्रिशुलि बाङ्मय प्रतिष्ठानको अध्यक्ष श्रिहरि फुँयालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम भैरबी भूगोलले सञ्चालन गर्नुभएको थियो ।

तनहु पर्यटन प्रबर्द्धन समाजमका अध्यक्ष गुप्त भण्डारीले कार्यक्रममा उपस्थित सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने त्रिशुलि बाङ्ममय प्रतिष्ठानले पनि प्रायोजक र सहयोगि संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

डा रामकुमार भौकाजीका चित्रहरू प्रदर्शनी तथा देबेन थुम्केली र केशबराज खनालले कार्यक्रमस्थलमा नै बनाउनुभएको रामकोटको चित्र रामकोट होमस्टेका अध्यक्ष बिहिसारा आलेलाई हस्तान्तरण गरिएको थियो ।

‘रामकोट-बन्दिपुर साहित्य यात्रा’ २०७५ सम्पन्न

कार्यक्रममा प्रज्वल अधिकारी, अश्विनि कोईराला, श्यामराज पाठक, माधब घिमिरे अटल, प्रभाति किरण, कृष्णदेब रिमाल, निर्भीक रायमाझी, शिव आर्य, सरू पोखरेल,गिता रेग्मी, लक्ष्मि रूम्बा, प्रभाती किरण, कृष्णदेब रिमाल, परमेश्वर भट्टराई,रामकुमार भौकाजी, आकाश अधिकारी, दिवाकर भट्टराई, चन्द्रमणि अधिकारी लगायतले सिर्जना बाचन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई रामकोट होमस्टे तथा स्थानियहरूले सेतो अक्षता र मालाबाट भब्य स्वागत र बिदाई गरेका थिए ।