नेपाल स्रष्टा समाजको ११ औँ साधारण सभाले आगामी दुई वर्षका लागि कवि विधान आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तै प्राडा गोविन्दमानसिंह कार्की उपाध्यक्षमा, पुष्पा खनाल महासचिवमा, नवराज तिमल्सिना अवदोषी कोषाध्यक्षमा र जानु धिताल सचिवमा निर्विरोध निर्वाचित भए । कार्यसमितिका सदस्यहरूमा डा विष्णु राई, डा पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, तर्कना शर्मा, लेखजङ्ग खत्री, रश्मि रिमाल निर्विरोध निर्वाचित भए ।

नेपाल स्रष्टा समाजमा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

साधारण सभाका अवसरमा वर्तमान अध्यक्ष पवन आलोकले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको विधानअनुसार संरक्षक सदस्यमा रहनका लागि रू एक लाखको योगदान समेत गरेका थिए ।

सभामा सबै सदस्यका तर्फबाट राजेन्द्र गुरागाईँले नव निर्वाचित कार्यसमितिलाई बधाई दिए । नव निर्वाचित अध्यक्ष आचार्यले कार्यसमितिका सबै निर्वाचित सदस्यहरूको परिचय गराएका थिए ।

नेपाल स्रष्टा समाजमा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाली लगायतका नेपालमा बोलिने भाषा–साहित्यको सिर्जना, सम्वद्र्धन र विकासमा योगदान पु¥याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा साहित्यका माध्यमबाट रचनात्मक सहयोग पु¥याई नेपालका साहित्यको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विसं २०६४ पुस १६ गते नेपाल स्रष्टा समाजको स्थापना गरिएको हो ।