काठमाडौं : युवा मुक्तककार ऋषि बरालको मुक्तक संग्रह ‘पैतालाका डोबहरू’ सार्वजनिक भएको छ । मिडिया इन्टरनेसनलमा बुधबार मुक्तक संग्रह लोकार्पण भएको हो ।

नेपाल मुक्तक प्रतिष्ठानले बजारमा ल्याएको उक्त कृतिमा २१६ मुक्तक संग्रहित छन् । मुक्तकहरूमा प्रेम विछोडको भाव, देशप्रेम, मानवीय चिन्तन, सामाजिक यथार्थ, सामाजिक विकृति र विसंगति, विदेशिनुको बाध्यता लगायतका विषय समेटिएका छन् ।