नीलकमल ह्युमन रिसोर्स प्रा. लि. गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको पहिलो स्थानमा रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेल संचालक रहेको उक्त कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ८ हजार ६७३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।
यस्तै सबैभन्दा धेरै कामदार पठाउने सूचीको दोस्रो स्थानमा नवराज केसी संचालक रहेको प्याराडाइज इन्टरनेशनल प्रा. लि.ले ८ हजार ६०८ जना, तेस्रो स्थानमा हेमराज गुरुङ संचालक रहेको एसओएस म्यानपावर सर्भिस प्रा. लि.ले ७ हजार ८५४ जना, चौथो स्थानमा कमल काफ्ले संचालक रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा. लि. ४ हजार ९८२ जना र पाचौ स्थानमा सन्दिप पाख्रिन लामा संचालक रहेको गल्फ म्यानपावर सर्भिस प्रा. लिले ३ हजार ९५५ जना कामदार पठाएको छ ।
यस्तै वैदेशिक रोजगार विभागका अनुसार एयर किंग्स प्लेसमेन्ट प्रा. लि. ३ हजार ९५२ जना पठाएर छैठौं, साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा. लि. ३ हजार ७५६ जना पठाएर सातौं, द रिभर ओभरसिज प्रा. लि. ३ हजार २६९ जना पठाएर आठौं, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रा. लि. ३ हजार ११० जना पठाएर नवौं र एशिया लिंक प्रा. लि. २ हजार ९९९ जना पठाएर दशौं स्थानमा रहेका छन् ।









