प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले आगामी साउन २ गते साधारणसभासहित नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
मञ्चको बैठकले साधारणसभा तथा निर्वाचन कार्यक्रम साउन २ गते सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष जनक रावलले जानकारी दिए ।
नेकपा एमाले समर्थित मेनपावर व्यवसायीहरुको संस्थाका रुपमा रहेको मञ्चले ऐतिहासिक अधिवेशनमा सम्पूर्ण प्रगतिशील सोच बोकेका वैदेशिक रोजगार व्यवसायीलाई उत्साहपूर्वक र स्वस्फूर्तढंगले सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ ।
मञ्चले असार १८ गतेभित्र मञ्चको प्रतिनिधि पठाइसक्नका लागि पनि आग्रह गरेको छ । अध्यक्ष रावलले भनेका छन्– ‘हामी सबैको सहभागिताले नै मञ्चलाई अझ बलियो, सशक्त र अग्रगामी बनाउन योगदान पु¥याउने विश्वासका साथ संगठित बनौं, साझा भविष्य निर्माण गरौं ।’
वैदेशिक रोजगार व्यवसायी माझ परिचित र सक्रिय मञ्चले सामाजिक तथा व्यवसायिक गतिविधीहरु गर्दै आइरहेको छ । मञ्चको नेतृत्वका लागि आकांक्षी धेरै भएता पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल हुने जनाइएको छ ।








