१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यलाई पुरा गर्ने उद्देश्यसहित खुलेको ‘काठमाडौँ टेक्निकल स्कुल’को एक समारोहकाबीच शुभारम्भ गरिएको छ ।

आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्नेगरि काठमाडौँको धुम्बाराहीमा संचालनमा ल्याएको काठमाडौँ टेक्निकल स्कुलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले आज एक समारोहकाबीच शुभारम्भ गरेका हुन् ।

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई स्वदेश भित्र्याउनुपर्ने बताउँदै उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत जानकारी दिए ।

उनले भने, ‘दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न यो दश वर्ष हामीले लिन खोजेको छौं ।’

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको जानकारी दिए । यस स्कुलले थप हजारौँ युवालाई रोजगार तथा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सलाई बढाउने उद्देश्यले काम गरिरहेको बताउँदै अध्यक्ष ढकालले नेपालको गरिबी घटाउने महत्वपुर्ण स्रोत रेमिट्यान्स् भएको समेत जानकारी दिए ।

काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा स्कुलले सहयोग पु¥याउने बताए । साथै केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत उनले जानकारी दिए ।

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ । यस स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

कार्यक्रममा राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानका निर्देशक रमेश बखते र काठमाडौं टेक्निकल स्कुलका सिईओ उपेन्द्र घिमिरेले समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् । उक्त समझदारीपत्रमा १० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्न केटिएसले सहयोग गर्ने जनाइएको छ ।