विदेशबाट फर्किएका आप्रवासी श्रमिकहरुको पुनः एकीकरणका लागि सचेतना अभियान जगाउँदै आकर्षण इन्टरनेशनल प्रा.लि.ले अन्तराष्ट्रिय आप्रवासी दिवस विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।

आकर्षण इन्टरनेशनलले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस (फोटोफिचर)

‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै हरेक वर्षको डिसेम्बर १८ तारिकमा मनाईने यो दिवस आकर्षण इन्टरनेशनलले पनि भव्य रुपमा मनाएको हो ।

निःशुल्क वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउँदै आएको आकर्षण इन्टरनेशनलले आप्रवासी दिवसको अवसर पारेर प्ले कार्ड प्रदर्शन, प्रभातफेरि तथा र्‍याली आयोजना गरेको जनाएको छ ।

आकर्षण इन्टरनेशनलले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस (फोटोफिचर)

आकर्षण इन्टरनेशनलका संचालकद्धय विष्णु केसी र मिलन थापा, मलेशियाली रोजगारदाता कम्पनीका प्रतिनिधिका साथै कार्यालयमा कार्यरत कर्मचारीहरुसहित संलग्न र्‍याली सिनामंगलमा रहेको आकर्षण इन्टरनेशनलको कार्यालर्यदेखि गौशाला चोकसम्म पुगेर पुनः कार्यालयमा आएर अन्त्य गरिएको थियो ।

आकर्षण इन्टरनेशनलले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस (फोटोफिचर)

र्‍यालीमा ‘आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधार, व्यवस्थित र सम्मानित बैदेशिक रोजगार’, ‘अन्तराष्ट्रिय आप्रवासन दिवसको शुभकामना’, ‘विदेश जाँदै हुनुहुन्छ कमाउन धन, काम गर्दा ख्याल राखौं आफ्नो मानसिक स्वास्थ्य र तन’, ‘न्यायोचित आप्रवासन, विश्वव्यापी रुपान्तरण’, ‘आप्रवासीका अधिकार, मानव अधिकार’ लगायतका स्लोगनहरु लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो । उक्त अवसरमा वैदेशिक रोजगारीमा जाने तथा विदेशबाट फर्किएका कामदारलाई सचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

आकर्षण इन्टरनेशनलले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस (फोटोफिचर)

कार्यक्रममा बोल्दै आकर्षण इन्टरनेशनलका संचालक केसीले आप्रवासी श्रमिकहरुको बारेमा आवाज बुलन्द गर्दै उनीहरुको हकहित र अधिकारका लागि सबैलाई जानकारी होस् भन्नका लागि र्‍याली आयोजना गरेको जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाँदा राम्रोसँग बुझेर मात्र जाने वातावरण बनाउन र वैदेशिक रोजगारीबाट फर्किसकेपछि स्वदेशमा कुनै व्यवसाय गर्दा राज्यले उचित व्यवस्थापन गरिनुपर्ने बताउँदै उनले त्यसै विषयलाई बुलन्द गर्न कार्यक्रमको आयोजना गरेको बताए ।

आकर्षण इन्टरनेशनलले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस (फोटोफिचर)

त्यस्तै आकर्षण इन्टरनेशनलका अर्का संचालक मिलन थापाले आकर्षणले लामो समयदेखि वैदेशिक रोजगारीमा जाने कामदारको हकहितको सुनिश्चिततासहित शुन्य लागतमा श्रमिक पठाउदै आएको जानकारी दिए ।

आकर्षण इन्टरनेशनल प्रा.लिले विगत लामो समयदेखि नेपाली कामदारलाई शुन्य लागतमा मलेशिया रोजगारीमा पठाउँदै आईरहेको छ ।