नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले आज (सोमबार) पदवहाली गरेको छ ।

संघको बत्तीसपुतलीस्थित कार्यालयमा निवर्तमान संयोजक विमल ढकालले नवनिर्वाचित अध्यक्ष राजेन्द्र भण्डारीलाई संघको माइन्युट हस्तान्तरण गर्दै कार्यभार सुम्पेका हुन ।

गत माघ ६ गते सम्पन्न संघको २९ औ साधारणसभाले भण्डारीको नेतृत्वका १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

https://cms.rojgarmanch.com/employment/2023/01/49477/

पदवहाली कार्यक्रम चलिरहदा संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न नेपाल उद्योग बाणिज्य महासंघका पुर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हेमराज ढकाल, नरेशलाल श्रेष्ठ, रविनकुमार श्रेष्ठसहितको प्रतिनिधीमण्डल पनि पुगेको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिको पदवहाली सम्पन्न