हिमालय परमगुरु भगवान श्री ओशोको जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
गत आईतबार काठमाडौंको सामाखुशीमा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुह र ओशोधारा संघ नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । एक महान् गुरु दार्शनिक ओशो जसले संसारलाई बाँच्ने सही तरिका सिकाए उनै ज्ञानका महासागर ओशोको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिए ।


कार्यक्रममा आनन्द बिनोद, सुदर्शन जोशी (तेजस्वी), किशोर चाँपागाई (गुरु), गजल वाचक नवराज भट्ट, समाजसेवी श्वेता श्रेष्ठ, समाजसेवी गीता विष्ट लगायत उच्च पदस्थ, आचार्य, जलधारा टोल सुधार समितिका अध्यक्ष तथा साधक, साधिकाको हरुको विशेष उपस्थित रहेको थियो ।

कार्यक्रमबाट जम्मा १७ पिन्ट रगत संकलन भएको जानकारी दिदै नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष न्यौपानेले प्राविधिक टोली पठाई कार्यक्रममा सहयोग पु¥याएकोमा भक्तपुर रक्तसंचारलाई
धन्यवाद व्यक्त गरे ।








