काठमाडौं  / नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समाजका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको जन्मदिनको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’’, ‘‘स्वस्थ्य रहौ समृद्ध बनौ’’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गत बुधबार काठमाडौं रञ्जना ट्रेड सेन्टरको प्रांगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो ।

जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना : फोटो फिचर
रञ्जना व्यापार संघ र लायन्स क्लब अफ काठमाडौं अन्तर्गतका चारवटा क्लबहरु लायन्स क्लब अफ काठमाडौं रञ्जना, लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्स, लायन्स क्लब अफ काठमाडौं वन्डर उमन र लायन्स क्लब अफ काठमाडौं रक्तदाता समाजको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना : फोटो फिचर

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले न्यौपानेले रगतको क्षेत्रमा विगतदेखि गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय व्यापार संघका पुर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले जन्मदिनको शुभकाना दिदै न्यौपानेले आफ्नो व्यवसायलाई दोस्रो स्थानमा राखेर रक्तदानको कार्यलाई पहिलो प्राथमिकता दिई जीवन र मृत्युको दोसादमा रहेको बिरामीलाई मृत्युबाट जोगाउनका लागि निरन्तर लागिपरेको बताए ।

विगत १२ वर्षदेखि आफूले रक्तदान कार्यक्रम गर्दै आएको र अहिलेसम्म २० हजार मानिसहरुबाट रगत संकलन गरिसकेको बताउँदै पूर्व सांसद नरोत्म वैद्यले समाजका लागि यस्ता कार्यक्रम आवश्यक रहेको जानकारी दिए ।

डिस्ट्रीक चियर पर्सन लायन पार्वती खरेल पाण्डेले न्यौपानेको जन्मदिनको शुभकामना दिदै आगामी दिनहरुमा पनि लायन्स क्लबहरुलाई यस्तै कार्यहरु गर्दै जान आग्रह गरिन् ।

त्यस्तै रञ्जना व्यापार संघकी अध्यक्ष बिना क्षेष्ठले हरेक तिन–तिन महिनामा रञ्जना व्यापार संघले लायन्स क्लब अफ काठमाडौं रञ्जना, रञ्जना सिस्टर्स साथै अन्य संघ सस्थाहरु मिलेर ब्लड क्याम्प कार्यक्रम आयोजना गर्दै आईरहेको जानकारी दिईन् ।

आफूले लामो समयदेखि रगतको क्षेत्रमा काम गरेको बताउँदै नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष केदारप्रसाद न्यौपानेले सबैको साथ र सहयोगको कारण आफूले रगतको क्षेत्रमा ठूलो योगदान पु¥याउन सफल भएको र आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दै सामाजिक कार्यमा आफू निरन्तर लाग्दै जाने जानकारी दिए ।

कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको जानकारी अध्यक्ष न्यौपानेले दिए ।

विगत लामो समयदेखि रगतत्वको क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएका न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर ७१ औं पटक रक्तदान समेत गरेका थिए भने जन्मदिनको उपहार स्वरुप उनकै छोरा ओशन न्यौपानेले चौथो पटक रक्तदान गरेका थिए ।