खाडी मुलुकतर्फ उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जना यात्रुलाई विमानस्थलबाटै फिर्ता पठाइएको छ ।
विभिन्न एयरलाइन्सहरूको उडानमार्फत खाडी मुलुकतर्फ उड्न ठिक्क परेका १०३ जना पुरुष र ९४ जना महिला यात्रुलाई फिर्ता पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
भिजिट भिसामामार्फत खाडी मुलुकतर्फ जान लागेका उनीहरू सबैको कागजात शङ्कास्पद रहेको भन्दै फिर्ता पठाइएको बताइएको छ ।
विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई यात्रा अनुमति कागजातहरु शंकास्पद देखिएकाले आवश्यक अनुसन्धानका लागि बबरमहलस्थित मानव बेचविखन अनुसन्धान ब्यरोमा बुझाइएको छ ।








