काठमाडौं । सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ ।

‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।

ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ । सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धर ले यस प्रकारका कार्यक्रमले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।

सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

एक्स्पोमा प्रमुख प्रायोजक ब्राण्ड एक्सल्याबसहित ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनईसी, माइक्रोप्याक, आईडिपी तथा ओडो लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू स्वयं उपस्थित भई आवश्यक जानकारी, डेमो तथा परामर्श प्रदान गर्नेछन् ।

एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा प्राप्त गर्नेछन् । साथै एक्सल्याब, ब्रदरर, कोनिका मिनोल्टाले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागीहरूका लागि विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ कार्यक्रम पनि सञ्चालन गर्ने जनाइएको छ ।

६ दिनसम्म सञ्चालन हुने यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यस्तै, हरेक दिन एक जना भाग्यशाली आगन्तुकलाई लक्की ड्रमार्फत माइक्रोप्याकको गेमिङ कम्बो सेट उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।