चितवन नेपाली जुत्ताघरमा वडादशैं २०८२ लक्षित डबल डिस्काउन्ट अफर सहित जुत्ता एक्सचेन्ज मेला सुरु भएको छ ।

भरतपुरको पुलचोक नजिकै गङ्गोत्री मार्गमा अवस्थित नेपाली जुत्ताघरमा विशुद्ध नेपाली बा्रण्डका केटिएम सुज र सम्राट सुजका जुत्ताचप्पल ६ महिनाको वारेन्टीसहित उपलब्ध हुँदै आइरहेका छन् । यस वर्ष पनि चाडर्वलाई लक्षित गर्दै यही भदौ १५ गतेदेखि जुत्ता एक्सचेन्ज मेलाको तेस्रो संस्करण सुरु गरिएको हो ।

चितवन नेपाली जुत्ताघरमा डबल डिस्काउन्ट अफर सहित ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु

मेलामा जस्तोसुकै पुराना जुत्ताको मुल्य ५ सय रुपैयाँ तोकिने र नयाँ छालाको जुत्तामा २५ प्रतिशत सम्म छुट र स्पोर्टस् सुजमा १० प्रतिशत सम्म छुट उपलब्ध गराईने मेला आयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए । साथै एक्सचेन्ज मेलाकै लागि भनेर १ सय ५० भन्दा बढी डिजाइनका नयाँ जुत्ता चप्पल लन्च गरिएको र ५ सयभन्दा बढी डिजाइनका जुत्ताचप्पल एउटै छानामुनि उपलब्ध रहेको उनले बताए ।

मेलामा भर्खरै लन्च भएर आएका उच्च गुणस्तरका, नयाँ र आधुनिक डिजाइनका स्पोर्टस् सुज, अफिस सुज, पार्टी सुज, क्याजुवल सुज, स्निकर, चेल्सी बुट, डक्टर मार्टिन, वाइट बुट, हार्लि डेभिसन बुट, फर्मल बुट लगायत अन्य धेरै भेराइटिका जुत्ताहरु राखिएको आयोजकले जनाएका छन् ।

यसभन्दा पहिले चितवन नेपाली जुत्ताघरमा २ वटा संस्करणमा जुत्ता एक्सचेन्जमेला सफलतापूर्वक आयोजना गरि अधिकांश चितवनको उपभोक्ता माझ लोकप्रियता हासिल गरिसकेको छ । यस वर्ष पनि तेस्रो संस्करणमा पनि उपभोक्ताको उत्तिकै माया पाउनेमा आफू आशावादी रहेको आयोजकको दावी छ ।

चितवन नेपाली जुत्ताघरमा डबल डिस्काउन्ट अफर सहित ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु