संखुवासभा – सरकारले सुनचाँदीमा अनावश्यक लगाएको करको विरोध जनाउँदै संखुवासभा सुनचाँदी व्यवसायी संघले जेठ २९ र ३० गते जिल्लाभरका सुँनचाँदी पसलहरु बन्द गर्ने घोषणा गरेको छ ।

संखुवासभा सुनचाँदी व्यवसायी संघद्धारा जेठ २९ र ३० गते जिल्लाभरका पसल बन्द गर्ने घोषणा

यस वर्षको बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै देशैभरका व्यवसायीहरुले विरोध जनाईरहेका छन् ।

त्यस्तै सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने माग राख्दै विरोध जनाएको संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेलीले जानकारी दिए ।साथै सरकारले व्यवसायीका मागहरु समयमै संवोधन नगरे विरोधका कार्यक्रमहरु थप बढाउँदै लैजाने समेत उनले बताए ।

संखुवासभा सुनचाँदी व्यवसायी संघद्धारा जेठ २९ र ३० गते जिल्लाभरका पसल बन्द गर्ने घोषणा

सरकारले सुनचाँदीमा लगाएको करको विरोध जनाउँदै अहिले देशैभरका व्यवसायीहरु आन्दोलित भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २९ र ३० गते देशैभरका व्यवसायीहरुलाई विरोध जनाउन आह्वान समेत गरेका छन् । सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराउँन जिल्ला प्रशासन कार्यालय जाने ,पत्रकार सम्मेलन गर्ने लगायतका कार्यक्रमहरु गर्न महासंघ लागिपरेको छ ।

संखुवासभा सुनचाँदी व्यवसायी संघद्धारा जेठ २९ र ३० गते जिल्लाभरका पसल बन्द गर्ने घोषणा