साना तथा मझौला होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघ नेपालले १२ औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।

महासंघका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा काठमाडौंको कलंकीस्थित खाँडादेवी फुडल्यान्डमा आयोजित कार्यक्रमको समुद्घाटन संस्थाका संस्थापक केन्द्रीय सदस्य गोपी सार्कीले पानसमा दिप बालेर गरेका थिए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

कार्यक्रममा देशैभरका प्रदेश, जिल्ला र इकाइ संघहरुबाट आएका अध्यक्षसहितका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा (शेरु) ले होटल व्यवसायको क्षेत्रले झन्डै ९ लाख युवाहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको बताए । सरकारको सहयोग भएमा आगामी दिनहरुमा देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्दै बढीभन्दा बढी युवाहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने समेत उनले जनाए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

कार्यक्रममा महासंघको अवधारणा सहित आफ्नो मन्तव्यमा होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गर्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले देशैभरी रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको हकहित र अधिकारको प्रत्याभूत हुने गरी नीति निर्माण गर्न आवश्यक रहेको बताए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

देशैभरकका व्यवसायीहरु बिच आपसी भाईचारा अभिवृद्धि गर्दै संगठनात्मक सुद्रिढिकरण, आचारसंहिता तर्जुमा, सरोकारवाला निकायहरुसंगको सहकार्य, देशको अर्थतन्त्रमा पु¥याएको योगदान लगायतको विषयमा अध्यक्ष चुकेले धारणा प्रस्तुत गरेका थिए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

कार्यक्रममा महासंघका संरक्षक अमृत बहादुर भुजेल, सल्लाहकार के.पी. उपाध्यय, कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, सह–आयोजक संस्था जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका अध्यक्ष सुरेश बराल, जिल्लागत संघको प्रतिनिधित्व गर्दै होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ र रुपन्देहीका नरेन्द्र खनालले शुभकामना मन्तव्य दिएका थिए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

साथै उनीहरुले व्यवसायीहरुका समस्या, हकहित र व्यवसायलाई मर्यादित, सु–व्यवस्थित गर्न महासंघले गनुपर्ने सहयोगका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

त्यस्तै साधारण सभाको खुल्ला र बन्दसत्रको संचालन संस्थाका महासचिव टि.आर. भण्डारी (शंकर) ले गरेका थिए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

त्यसैगरी बन्दसत्रमा भएको छलफलका क्रममा प्रतिनिधिहरुबाट राखिएका जिज्ञासाहरुको जवाफ सहित अध्यक्ष चुकेले मन्तव्य राखेका थिए ।

संस्थाका महासचिव भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दिपेन सुवेदी (उमेश)ले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महासंघका अध्यक्ष चुकेले औपचारिक रुपमा साधारणसभाको समापन गर्दै महासंघकोे वार्षिक साधारणसभा सभ्य र भव्य रुपमा सम्पन्न गर्न पूर्वको ताप्लेजुङ–झापा देखि सुदूरपश्चिमको डडेलधुरा–कन्चनपुर सम्मबाट २०० करिव जनाभन्दा बढी व्यवसायीहरुको उपस्थित रहेको जनाए ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

कार्यक्रममा महासंघको कार्यसमिति, लेखा समिति, सल्लाहकारहरु, आवद्ध प्रदेश संघ, जिल्ला संघ र इकाइ संघका अध्यक्षसहित प्रतिनिधि एवम् राजधानी काठमाण्डौमा चैत्र १५ गते देखिएको विषम परिस्थितिमा होटल व्यवसायी अतिथिहरुलाई आतिथ्यता प्रदान गरेकोमा आभार प्रकट गरे ।

होटल व्यवसायी महासंघको १२ औं वार्षिक साधारणसभा, देशैभरका व्यवसायीहरुको उपस्थिति

त्यस्तै विशेष सहयोगी संस्था एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, गौशाला र कलंकी होटल एण्ड गेष्टहाउस एशोसियसन सहित काठमाण्डौ भित्रका सम्पूर्ण इकाइ संघहरुका साथै प्रायोजक संस्था सुबिसु केवल नेट लिमिटेड, यति ब्रुअरी लिमिटेड, नेपाल लिक्वर्स प्रा.लि. लयायतको सहयोगप्रति महासंघ नेपाल परिवारको तर्फबाट हार्दिक धन्यवाद एवम् कृतज्ञता व्यक्त गरेका थिए ।