आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ।
नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।








