सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् ।

उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए । उनले ट्याक्सीहरुको राम्रो व्यवस्थापन गर्न साथै नागरिक र व्यवसायीविच सम्बन्ध कायम गर्ने गरी नीति ल्याइएको बताए ।

उनले भने, ‘बागमती प्रदेश सरकारले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि एउटा नीति बनाएका छौं । जुन नीतिको आधारमा इभी ट्याक्सी व्यवस्थित हुने विश्वास छ । बागमती प्रदेश सरकारले नागरिक र सबैको सम्बन्ध कायम गर्नेगरी नीति ल्याएको छ । सबैले चढ्न सक्ने खालको ट्याक्सीको अवधारणा तयार गरेर नीति तयार गरिएको छ ।’

सरिना जी ट्रेडले गर्‍यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

समारोहमा बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले इभी ट्याक्सीको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए । सरिना जी ट्रेड प्रालि लिमिटेडका संचालक राजु श्रेष्ठले इभी ट्याक्सीको आयात र विक्री वितरणमा सरकारले सहज नीति अवलम्बन गर्नुपर्ने बताए । उनले ठूला र मझौला व्यवसायीका समस्यालाई एकमुष्ट सम्बोधन गर्नेगरी सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने औंल्याए ।

सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभीइजीको बुकिङ खुला भएसँगै हस्तान्तरण गरिएका हुन् । जेएमइभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरि बुकिङ गरिएका थिए ।

जेएमइभीको सेडान कार जीएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो ।

इभीइजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

सरिना जी ट्रेडले गर्‍यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस इभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।

यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ ।

सरिना जी ट्रेडले गर्‍यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

सेफ्टि फिचर अन्तर्गत यसमा दुईवटा एयरब्याग, इबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत छन् ।