साना तथा मझौला व्यवसायीहरुको छाता संस्था रञ्जना व्यापार संघले आफ्नो दशौं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

शनिवार काठमाडौंको दहचोकस्थित गुडविल रिसोर्टमा सम्पन्न संघको साधारणसभाको प्रमुख आतिथ्यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले गरेका थिए ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

संघका अध्यक्ष हरि पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष अग्रवालले रञ्जना ट्रेड सेन्टरका व्यवसायीहरुको अभिभावक संस्था रञ्जना व्यापार संघले दशौं वर्षमा प्रवेश गर्दैगर्दा धेरै व्यवसायीहरुको समस्या समाधान गर्न सफल भएको बताए ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

मुल्य अभिवृद्धि कर बढ्नाले व्यवसायीहरु समस्या परेको बताउँदै उनले संघमा भएका समस्याहरु चेम्बर अफ कमर्शमा राख्न सुझाव दिदै आफूले त्यसको समाधान गर्नका लागि सरकारलाई पहल गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै संघका अध्यक्ष हरि पाण्डेले संघले स्थापनाकालदेखि नै व्यापारिहरुको हकहित, संरक्षण साथै सामाजिक कार्यलाई पनि उत्तिकै नितन्तरता दिदै गएको बताए ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)
उनले वर्तमान कार्यसमितिले गरेको कार्यको बारेमा जानकारी दिदै व्यवसायीहरुको सम्स्याहरु पार्किङ, सटरभाडा, बिजुलीबत्ती, पानी साथै सुरक्षाको विषयमा प्रभावकारी समन्वयात्मक भुमिका खेलेको बताए ।

त्यस्तै विभिन्न व्यवसायीक सचेतनामूलक कार्यक्रममा सहभागिता जनाएको, सामाजिक उत्तरदायित्वका कामहरु सरसफाई, राहतकोष स्थापना, छात्रवृत्ति प्रदान, रक्तदान कार्यक्रम र खेलकुदका विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

साथै आगामी दिनहरुमा पनि व्यवसायीहरुका हकहितका कार्यहरु निरन्तर गर्दै सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै जाने प्रतिवद्धता जनाए ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

कार्यक्रममा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद पराजुली, पूर्वअध्यक्ष धिरज श्रेष्ठ, निवर्तमान अध्यक्ष बिना श्रेष्ठ, राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र शेरचन, नेपाल हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की, काठमाडौं महानगरपालिका वडा नंं. २२ का अध्यक्ष चिनीकाजी महर्जन साथै विभिन्न संघसंस्थाका प्रतिनिधि व्यापारी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, अतिथिहरुले संघको दशौं वार्षिक साधारणसभाको शुभकामना दिदै आगामी दिनहरुमा पनि निरन्तर व्यापारिक हकहितको कार्यहरु रञ्जना ट्रेड सेन्टरको अभिभावकत्व बहन गर्दै जान आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव महेश पौडेलले गरेका थिए । त्यस्तै कार्यक्रमको बन्द सत्रमा संघका कोषाध्यक्ष सुन्दर श्रेष्ठले संघको वार्षिक आय व्यव प्रस्तुत गरेका थिए भने महासचिव महेश पौडेलले संघमा भए गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

त्यस्तै वन्द सत्रको कार्यक्रमको संचालन संघका कानुनी सल्लाहकार हरि तिवारीले गरेका थिए ।

कार्यक्रममा संघले गतहप्ता आयोजना गरेको फुटसल प्रतियोगितामा विजेता टिमहरुलाई प्रमाणपत्र समेत वितरण गरेको थियो भने संघलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तित्व प्रमुख अतिथि र विशेष अतिथिलाई समेत मायाको चिनो वितरण गरिएको थियो ।

रञ्जना व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

संघले साधारणसभासँगै विगतका वर्षहरुमा झैं वृहत् बनभोज कार्यक्रम समेत आयोजना गरेको थियो । जसमा ५ सय जनाभन्दा बढी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई रोचक बनाउन हाँडि फुटाउने खेलको आयोजना गरिएको थियो । त्यस्तै व्यवसायीहरुले सौहार्दपूर्ण वातावरणमा रमाईलो गरि बनभोज कार्यक्रम समेत सफल बनाएका थिए ।