पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा भव्यताका सम्पन्न गरेको छ ।

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

संघका अध्यक्ष हिमलाल खरालको अध्यक्षतामा मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले संघ २० औं वर्षमा प्रवेश गर्दैगर्दा व्यवसायीहरुका थुप्रै समस्या समाधान गर्दै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन धेरै काम गरेको जानकारी दिए । उनले व्यवसायीहरुको ध्यानाकार्षण गराउँदै विदेशी सामानहरुको आयातलाई कम गर्दै स्वदेशी उत्पादनलाई बढाउनका लागि आग्रह गरे ।

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

भुकम्प र कोभिडपछि व्यवसायमा शिथिलता छाएको बताउँदै उनले सरकारले व्यवसायीहरुलाई करको दायरा कम गर्न आवश्यक रहेको र १३ प्रतिशत करलाई १० प्रतिशतमा झार्नका लागि आफू सरकारको ध्यानाकार्षण गराउने समेत प्रतिवद्धता जनाए ।

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

त्यस्तै संघका अध्यक्ष खरालले विभिन्न उतारचढावका बिच संघ २० औं वर्षमा प्रवेश गरेको बताउँदै स्थापनाकालदेखि नै संघले व्यवसायीक हकहितका साथै सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।

संघले रक्तदानका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, अनाथ, अपाङ्ग तथा वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग, महामारीमा राहत वितरण, महाशिवरात्रीको अवसरमा पशुपतिमा निःशुल्क फलफूल वितरण, गरिव, जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको उनले बताए ।

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

व्यवसायीहरुलाई कुनै समस्या परेमा संघमा खबर गर्न आग्रह गर्दै उनले आफूले संघको कार्यभार सम्हाल्दै गर्दा व्यवसायीहरुको समस्या समाधान गर्न निरन्तर लागि परेको बताए । संघको करको दर भन्दा पनि दायरा फराकिलो पार्नुपर्छ भनेर निरन्तर सरकारलाई घच्घच्याईरहेको उनले बताए ।

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

अध्यक्ष खराल भन्छन् –‘हामी जिम्मेवारपूर्वक पारदर्शिताका साथ व्यवसाय संचालन गरि देशको आर्थिक विकासमा योगदान पु¥याउन चाहान्छौ तर त्यसको लागि व्यवसायीहरुलाई सरकारको साथ र सहयोगको खाँचो छ ।’

लगानीमैत्री वातावरणको अभावले उत्पादनशिल वस्तु तथा सेवाक्षेत्रमा लगानी बढ्न नसक्दा देश अत्याधिक आयमूखी हुन गई व्यापार व्यवसायमा स्वदेशी लगानीकर्तालाई घाटा हुन गएको बताउँदै उनले यसको अन्त्यका लागि स्वदेशमा बनेका सामानहरु प्रयोगगरि स्वदेशी उत्पादनको खपत बढाउन आवश्यक रहेको समेत जनाए ।

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले संस्थाको २० औं वार्षिक साधारणसभाको शुभकामना दिदै आगामी दिनहरुमा पनि व्यवसायीहरुका हकहितका लागि निरन्तर काम गर्दै जान आग्रह गरेका थिए । साथै वर्तमान अवस्थामा व्यवसायीहरुका समस्याहरुका बारेमा मन्त्री श्रेष्ठको ध्यानाकार्षण गराएका थिए

पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन संघका महासचिव केदारप्रसाद न्यौपानेले गरेका थिए भने समापन संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले गरेका थिए ।