नेपाल हिमालय सीमापार वाणिज्य संघले चीनका लागि नवनियुक्त राजदूत डा.कृष्णप्रसाद ओलीलाई बधाई दिदै सुझावपत्र हस्तान्तरण गरेको छ ।

संघको कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष रामहरी कार्कीले नवनियुक्त राजदूत ओलीलाई सफल कार्यकालको शुभकामना दिदै चिनबाट नेपालमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुका समस्या र त्यसको समाधानका लागि सुझाव पत्र प्रस्तुत गरेका थिए ।

चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र

अध्यक्ष कार्कीले द्धिपक्षीय व्यापार विस्तार, व्यापारिक नाकाहरुमा पूर्वाधारको विकास, नेपालबाट चिन निकासी गराउन सकिने नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध न्यूनिकरण, पारवहन तथा यातायातको सहजीकरण, बजार प्रवद्र्धन, चिनीयाँ नाकामा सुविधासम्पन्न प्रयोगशालाको स्थापना, बिआरआई अन्तर्गत द्धिपक्षीय व्यापार विस्तार लगानीका लागि कार्यक्रम संचालन हुनुपर्ने, व्यापारी तथा उद्यमीका लागी नेतृत्वदायी भूमिका, नेपाली नागरिकले चिनमा भोग्नुपरेका समस्या समाधानको लागि पहल तथा ढुवानी सहजिकरण लगायतका विषय समेटेर राजदूत ओलीलाई सुझावपत्र प्रदान गरेका हुन् ।

चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर)ले चीनले नेपालको व्यापारिक र पर्यटनको क्षेत्रमा ठूलो योगदान पु¥याएको र यसलाई अझै थप उचाईमा लैजान राजदूत ओलीको विशेष भुमिका रहनेमा आशावादी रहेको बताए ।

व्यापारीहरुको वर्तमान समस्याहरुका बारेमा राजदूतको ध्यानाकार्षण गराउँदै उनले २०७२ सालको भुकम्पपछि नाकाबाट ३० किलोमिटर दुरीमा बसोबास गर्ने मानिसहरु मात्र आवतजावत गर्न पाउने नियमले गर्दा व्यापारीहरुले नाकापारी जान नपाउँदा विविध समस्या झेल्नुपरेको बताए । साथै आयातलाई मात्र नभएर निर्यातलाई पनि वृद्धि गर्नका लागि विशेष सहयोग गरिदिन समेत वरिष्ठ उपाध्यक्ष घिमिरेले आग्रह गरेका थिए ।

चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र

त्यस्तै संघका महासचिव रामचन्द्र पराजुलीले नेपालले चीनबाट लिनुपर्ने फाईदा लिन नसकिरहेको बताउँदै भरपुर फाईदा लिनका लागि महामहिम राजदूतको साथ र सहयोगको आवश्यक रहेको बताए ।

नवनियुक्त राजदूत चीनमै बसेर अध्ययन अध्यापन गरेको हिसाबले पनि त्यहाँको बारेमा धेरै बुझेको हुनाले दुई देशबिचको व्यापारिक सम्बन्धलाई थप उचाईमा लैजानेमा आफू विश्वस्त रहेको जानकारी दिए ।

सो अवसरमा बोल्दै नवनियुक्त राजदूत ओलीले नेपालले चीनबाट धेरै कुराहरु सिक्न जरुरी रहेको बताए । चीनले सानातिना व्यवसायीहरुलाई पनि सहयोग गरेर लैजाने परम्परा रहेको र नेपालमा त्यो परम्परा नरहेको बताउँदै उनले साना उद्योगीहरुलाई पनि प्रोमोट गर्न आवश्यक रहेको बताए ।

चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र

उनले नेपालमा उत्पादन घट्दै गएको र छिमेकी देशमै बढी आश्रित भएका कारण पनि पछिल्लो समय निर्यात घटिरहेको बताए । त्यसकारण नेपाली व्यवसायीहरुले उत्पादनमा विशेष जोड दिदै निर्यातलाई वृद्धि गरेर व्यापार घाटा कम गर्नका लागि सुझाव दिए ।

नेपालको राजश्वमा ठूलो टेवा पु¥याईरहेका व्यापारीका समस्याहरुलाई विशेष प्राथमिकताका साथ पुरा गर्दै मुलुकको हितको लागि काम गर्ने प्रतिवद्धता जनाउँदै राजदूत ओलीले त्यहाँका महावाणिज्यदूतसँग छलफल गरि समाधानका लागि आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए ।

चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र

साथै उनले चीनको कुन कुन क्षेत्रमा व्यापार व्यवसाय तथा आयात निर्यातका लागि सम्भाव्यता छ, यसबारे के गर्न सकिन्छ तथा के पहल गर्नुपर्ने हो त्यसबारे सुझाव पाए आफुहरु त्यसका लागि तत्पर रहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत हिमाल थापाले व्यवसायीहरुले भोग्दै आएका विविध समस्याहरुका विषयमा राजदूतको ध्यानाकार्षण गराएका थिए ।

चीनका लागि नवनियुक्त राजदूतलाई हिमालय सीमापार वाणिज्य संघको बधाई तथा सुझावपत्र